Breaking News

चितवनको पदमपुर क्षेत्रमा एक बयस्क अर्नाको मृत्यु, चितवन राष्ट्रिय निकुञ्जमा १२ अर्ना बाँकी

Banner

चितवन, भदौं २६-

चितवन राष्ट्रिय निकुञ्जमा एक अर्नाको मृत्यु भएको छ ।

निश्चित क्षेत्रमा संरक्षण गरिएको अर्नाको पदमपुर फाँट क्षेत्रमा शुक्रबार एक बयस्क पोथी अर्ना मृत भेटिएको हो ।

अर्नाको मृत्यु प्राकृतिक कारणबाटै भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । सोही क्षेत्रमा करिब दुई दिन अगाडि जन्म भएको अनुमान गरिएको अर्नाको बच्चासमेत भेटिएको अधिकारीले बताए।

यस निकुञ्जमा १२ वटा कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ वटा चिडियाखानाबाट स्थान्तरण गरी १५ वटा अर्ना ल्याइएको थियो । तीमध्ये केहीको मृत्यु भयो भने केही बच्चा जन्मिएका छन् ।

इन्क्लोजर क्षेत्रमा १२ वटा अर्ना रहेका अधिकारीले बताए। त्यसमा छ वटा वयस्क मध्ये दुई भाले र चार पोथी छन् । त्यसैगरी चितवनमा नै जन्मिएका दुई पोथी, तीन भाले र एक नवागन्तुक लिंग पहिचान भइनसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>