चितवन विशेष
देवघाटमा बुद्धिचाल प्रतियोगिता सुरु

देवघाट, भदौ २५–
राष्ट्रिय युवा संघ नेपाल देवघाट गाँउपालिका कमिटिको आयोजनामा बुद्धिचाल प्रतियोगिता सुरू भएको छ । देवघाट गाउँपालिकामा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो । देवघाट क्षेत्रका ४० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन दुई चरणका खेल सम्पन्न भएको आयोजक कमिटिका सान श्रेष्ठले जानकारी दिए । उद्घाटन समारोहलाई सम्बोधन गदैं देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले मैत्रीपूर्ण खेल पहिलो पटक देवघाटमा आयोजना गरिएको बताए । बैशाख महिनामा गर्ने भनिएको खेल मौसमका कारणले स्थगित गरिएको र आज सो प्रतियोगिता सञ्चालन गरिएको उनले बताए ।
देवघाट क्षेत्रमा यो खेल आयोजना गरिएकाले यसको प्रचार प्रसारमा सहयोग पुग्ने समेत अध्यक्ष थापाले विश्वास व्यक्त गरे । गाउँ क्षेत्रमा बुद्धिचाल खेलको नियम थाहा नपाई रमाईलोको लागि मात्र खेलिएको तर आज प्रतियोगिता आयोजना गर्नाले नियममा रहेर खेल्ने बानीको विकास हुने बताए । जिल्ला बुद्धिचाल संघ तनहुँका अध्यक्ष भरत पोख्रेलले जिल्लामै पहिलो पटक आयोजना गरिएको बताए ।
राष्ट्रिय युवा संघ नेपाल देवघाट गाँउपालिका कमिटि अध्यक्ष शुकबहादुर गुरुङको अध्यक्षतामा भएको प्रतियोगिता भोलीसम्म चल्ने छ ।






















