चितवन विशेष

कांग्रेस महाधिवेशनः भरतपुर महानगरको सभापतिमा भरत अधिकारी बलिया उम्मेदवार

Banner

चितवन, भदौ २५–

नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सबैको चासोको विषय बनेको छ भरतपुर महानगरपालिका । यस पालिका विशेष गरि प्रतिनिधि सभा निर्वाचनका दुई वटा क्षेत्र जोडीएर बनेका कारण पनि यसलाई चासोको रुपमा हेरिएको छ ।

महाधिबेशन नजिकिदैं जाँदा यहाँको काँग्रेसको सभापति बन्नका लागि विभिन्न व्यक्तिहरु मैदानमा रहेका छन् । नगर सभापतिका लागि दौडमा रहेका पाँच जना उम्मेदवार मध्ये को बलियो होला भन्ने विषयमा सबैको चासोको विषय रहेको छ । यहाँको सभापति बन्ने दौडमा रहेका सबै उम्मेदवार आँफैमा बलिया उम्मेदवार रहे पनि मतको हिसाबले कस्ले बाजी मार्ला भन्ने विषय अहिले चासोको विषय बनेको छ । जिल्लाका ९८ वटै वडाको अधिबेशन सम्पन्न हुने तयारीमा रहेको समयमा सबैको चासोको विषय महानगर सभापतिको रहेको छ । यसै क्रममा अन्य उम्मेदवार भन्दा भरत अधिकारी बलियो उम्मेदवारको रुपमा रहेको पाईन्छ ।

१५ वर्षको उमेर देखि राजनीतिमा लागेका अधिकारी काँग्रेसको विभिन्न तहमा रहेर काम गरि सक्नु भएको छ । १३ औं महाधिबेशनमा भरतपुर उपमहानगरपालिकाको सभापतिमा निर्वाचित अधिकारी अहिले महानगर बनि सके पछि पनि सभापतिकै जिम्मेवारीमै छन्। तदर्थ समितिको संयोजकको रुपमा भए पनि उनले अहिले काँग्रेसलाई चलायमान बनाउने काम गर्दै आइरहेका छन् । अहिले सम्म भरतपुरका २८ वटा वडाको अधिबेशन सम्पन्न भई सकेको छ । ती वडामा सभापति सहित क्षेत्रीय प्रतिनिधिहरुमा अधिकांश अधिकारीका समर्थक रहेका छन् । पाँच वर्ष उपमहानगर हुँदै महानगरको सभापति बनेका अधिकारी क्रियाशिल सदस्य देखि क्षेत्रीय प्रतिनिधिहरुमा अपरिचित नाम भने होईनन् ।

क्षेत्रीय प्रतिनिधिदेखि क्रियाशिल सदस्यहरुमा परिचित र भरतपुर महानगरको न्यायीक समितिमा रहेर काम गरेकै कारण उनीसंग नठोक्कीने कोहि छैनन् । कुलो पानी, आठा, साद र घरायसी विभिन्न समस्या लिएर जाँदा उनले सके सम्म मिलाएर पठाउने गरेकाले पनि उनी प्रति केही नरम भएको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>