क्रिकेट

टि–२० विश्वकप खेल्ने भारतीय टोली घोषणा

Banner

काठमाडौँ, भदौ २४–

बीसीसीआईले टि–२० विश्वकप क्रिकेट खेल्ने भारतीय टोली घोषणा गरेको छ ।

विराट कोहलीको कप्तानीमा १८ सदस्यीय टिम घोषणा गरिएको हो । टिममा रोहित शर्मा (उपकप्तान), केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), श्रेयस ऐर, इशन किशन (विकेटकिपर) रहेका छन् ।

यस्तै हार्दिक पाण्डेय, रविन्द्र जडेजा, राहुल चहर, रविचन्द्र आश्विन, दीपक चहर, अक्षर पटेल, भरुन चक्रवर्ती, जस्प्रीत बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी र शार्दुल ठाकुर टिममा समेटिएका छन् ।

विश्वकप खेल्ने टिममा रविचन्द्र आश्विनले कमब्याक गरेका छन् । भारतीय टिमबाट चहल बाहिरिएका छन् । यस्तै शिखर धवन र मोहम्मद शिराज पनि टिममा परेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>