देश/प्रदेश

‘महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक छ’: उपराष्ट्रपति पुन

Banner

काठमाडौँ, भदौ २४–

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज)–२०७८ को अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले परम्परागत मूल्य मान्यतासहित आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न दिदीबहिनीलाई आग्रह गर्नुभएको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

“नेपालको राजनीतिक परिवर्तन र नेपाललाई विश्वसामु परिचति गराउन नेपाली महिलाको योगदान उच्च छ । म यो महान् पर्वको अवसरमा नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा महिलाहरूले पु¥याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु”, सन्देशमा उपराष्ट्रपतिले भन्नुभएको छ, “राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व, पैतृक सम्पत्तिमा महिलाको हकलगायत राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्राप्त महिला अधिकारका लागि गौरव गर्न आग्रहसमेत गर्दछु ।’

उपराष्ट्रपतिले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षाका लागि सचेत हुन र खबरदारी जारी राख्न आग्रह गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>