Breaking News

चितवनमा प्रचण्डसहित संघीय सांसदलाई तीन दिने अल्टिमेटम, एमसीसीको षडयन्त्रमा नपर्न चेतावनी

Banner

चितवन, भदौं २३-

एमसीसी सम्झौता सदनबाट पारित गराउने षडयन्त्र भइरहेको भन्दै चितवनमा भएको प्रदर्शनमा नेता र नेतृत्वमाथि नागरिकले खबरदारी गरेका छन् ।

एमसिसी खारेज अभियान संयुक्त संघर्ष समितिले विरोधका कार्यक्रम गरेर सांसदहरुलाई खबरदारी गरेका हुन् ।

गृहमन्त्रालयले विरोधमा उत्रनेलाई कारबाही गर्ने चेतावनी दिए पनि चितवनमा वामपन्थी नेता फडिन्द्र आचार्य र अजिव पौडेलले यसको मुल नेतृत्व गरिरहेका छन् भने विप्लव नेतृत्वको नेकपाको पनि साथ छ । विरोधका कार्यक्रम अन्तर्गत नै एमसीसी सम्झौता खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले जिल्लाका जन निर्वाचित संघीय सांसदहरुलाई धारणा सार्वजनिक गर्न माग गरेको छ ।

देशको राष्ट्रिय स्वाधिनता माथि नै प्रश्न चिन्ह उठाउने खतरनाक सम्झौताको विपक्षमा उभिइ देश र जनताको पक्षमा आफ्नो अभिमत २५ गतेसम्म सार्वजनिक गर्न २२ गते बसेको बैठकले पत्राचारसहित माग गरेको नेकपा चितवनका इन्चार्ज सन्देश पौडेलले बताए । सांसदको मेलमा पत्र पठाएको पौडेलले जानकारी दिए ।
उनीहरुले संघीय सांसद तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, संघीय सांसद सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तीन दिने अल्टिमेटम दिएका हुन् । २५ गतेसम्म पनि उनीहरुले आफनो धारणा सार्वजनिक नगरे सांसदहरुका विरुद्ध कडा आन्दोलन गर्ने पनि पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>