खैरहनी

खैरहनी नगरपालिकामा उत्कृष्ट कार्य गर्ने पाँच कर्मचारी सम्मानित

Banner

चितवन, भदौ २२-

चितवनको खैरहनी नगरपालिकाले आफ्ना पाँच कर्मचारीलाई सम्मान गरेको छ ।

कर्मचारी दिवसको दिन आज उनीहरुलाई उत्कृष्ट कार्य सम्पादन बापत सम्मान गरेको हो ।

सम्मानित हुनेमा सूचना तथा प्रविधि अधिकृत शुरेश चौधरी , महिला तथा बालबालिका बिकास शाखाकी बिमला रानाभाट, राजस्व शाखाकी गीता राई, नगर प्रहरी कमल प्रसाद ढुंगेल र वडा नम्बर ९ कि कार्यालय सहयोगी शुष्मा चौधरी छन् । उनीहरुलाई खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी , उपमेयर सुनिता थपलिया र प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले टीका लगाई, दोसल्ला ओढाई ,सम्मान पत्र प्रदान गरे ।

अघिल्लो वर्ष पनि कर्मचारीलाई उत्कृष्ट कार्यसम्पादनको आधारमा मूल्यांकन गरी सम्मान गरिएको थियो । कार्यक्रममा मेयर चौधरीले कर्मचारीहरुको लगनशीलता, मिहिनेतकै कारण खैरहनी नगरपालिका जिल्लामै उत्कृष्ट भएको भन्दै उत्कृष्टता निरन्तरता दिन आग्रह गरे । खैरहनीमा जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै मेयर चौधरीले खुसी व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा अधिकारी राजु बानियाँले कुशल प्रशासक, कुशल मार्गदर्शक र लगनशील कर्मचारी भएकै कारण खैरहनी नगरपालिकाले उत्कृष्टता हांसिल गरेको बताए । सोही अवसरमा नेपाली महिलाको महान् पर्व हरितालिका तीजको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>