Breaking News

१२ करोड लगानीमा भरतपुरमा खुल्यो तारापुञ्ज सामुदायिक रिसोर्ट

Banner

– सुनिल गौतम

चितवन, भदौ २१ –

चितवनको भरतपुरमा करिव १२ करोडको लगानीमा सामुदायिक रिसोर्ट सञ्चालनमा आएको छ ।

चितवनको भरतपुरस्थित क्यान्सर अस्पताल रोडमा तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थमा आवद्ध करिव ७ सय जना सेयर सदस्यहरुको सामुहिक लगानीमा १ बिगाह एक कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको तारापुञ्ज रिसोर्ट सञ्चालनमा आएको हो । सहकारीमा आवद्ध रहेका सदस्यहरुले सेयर सदस्यहरुको आर्थिक स्तर सबल बनाउनका साथै सामुदायिकतामा सञ्चालन गरिने व्यावसायले समाजलाई सकारात्मक सन्देश दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याएको जनाइएको छ ।

रिसोर्टमा साना, मझौला तथा ठूला गरी ५ वटा हलहरु रहेका छन् । जसमा विवहा लगायतका सामाजिक तथा धार्मिक कार्यहरु, सेमिनार, गोष्ठी, विभिन्न संघ संस्थामा साधारण सभा, सम्मेलन लगायत एकै पटक करिब १ हजार ५ सय व्यक्तिह?लाई सेवा दिन सकिने रिसोर्टका प्रवन्ध निर्देशक श्रीराम देवकोटाले बताउनु भयो ।

रिसोर्टमा आन्तरिक तथा बाह्य आगन्तुकलाई व्यवस्थित र सहज हुने गरी पुर्बाधार निर्माण गरिएको छ । रिसोर्ट हाताभित्र अत्याधुनिक रेष्टुरेन्ट तथा पार्किङ्ग र गार्डेनको निर्माणले बजार क्षेत्रबाट नजिक रहेकाले आगन्तुकहरु लाई घरायसी वातावरणमा सेवा दिन सकिने जनाइएको छ ।

संभबत नेपालमै पहिलो पटक यति धेरैको संख्यामा युबाहरुको सामुहिक लगानीमा सामुदायिक रिसोर्ट संचालन भएको र पछिल्लो समय पर्यटनको हब बन्दै गएको चितवनलाई यो रिसोर्टले थप टेबा दिने तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था तथा तारापुञ्ज रिसोर्टका अध्यक्ष सुदीप रेग्मीले बताउनु भयो ।

सामुदायिकताको माध्यामबाट पर्यटन र खास गरी सेयर सदस्यहरु लाई व्यावसायिक माध्यमबाट उनीहरुको आर्थिक स्तर उकास्न तथा सामुहिक भावनालाई एकतृत गर्दे अगाडि बढ्न रिसोर्ट सफल रहने उहाँको भनाइ छ । रिसोर्ट सामुदायिक परियोजना अन्तरगत रहेकाले अब केही समय भित्र नै आवासको व्यवस्था समेत हुने जनाइएको छ ।

खास गरी सहकारी संस्था र विभिन्न सामाजिक संस्थाहरुको अवलोकन भ्रमणमा आउने आगन्तुकहरुलाई एकै पटकमा सुलभ र व्यवस्थित तरिकाले बास बसाउन सकिने भएको हो । पहिलो चरणमा भ्रमणमा आउनेहरुका लागि ६० जना क्षमताको १० कोठाको आबास भबन निर्माणको काम अन्तिम चरणमा पुगेकोले संचालनको तयारीमा रहेको र केही समय भित्रै आवासीय प्रयोजनका अन्य आवासीय भिल्ला लगायतको संरचनाको तयारी गरिएको रिसोर्टका व्यवस्थापन प्रमुख लक्ष्मण गौतमले बताउनु भयो ।

कोभिड १९ का कारण निर्माणको काममा केही ढिलाई भएपछि पछिल्लो समय काम लाई निरन्तता दिँदै रिसोर्टका विभिन्न हलहरु लगायत खाजा खाना लगायतको लागि आधुनिक रेष्टुरेण्ट संचालनमा आएको छ । रेष्टुरेण्टमा विभिन्न प्रकारका परिकारहरु घरायसी पारिवारिक वातावरणमा खान पाइने तथा होम डेलिभरीको व्यवस्थापन गरिएको जनाइएको छ ।

रिसोर्टमा सहकारीमा आबद्ध सदस्यहरुले आफैले उत्पादन गरेका तरकारी, फलफुल, माछा, मासु लगायतको स्वस्थकर अर्गानिक खाद्यान्न प्रयोगमा ल्याइएको जनाइएको छ । यद्यपी रिसोर्टको विधीबत उद्घाटन गर्न केही समय लाग्ने व्यवस्थापन पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>