चितवन विशेष

चितवनको कालिका मिडियाले भर्चुअलरुपमा यस वर्षको वार्षिकोत्सव मनाउने

Banner

चितवन, भदौं २०-

चितवनको कालिका एफएमको १९औं तथा कालिका एचडीको सातौँ वार्षिकोत्सव भर्चुअलरुपमा महिनाव्यापी कार्यक्रम गरेर मनाइने भएको छ ।

कोरोनाका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै एफएमले यसपटक भर्चुअल माध्यमबाट वार्षिकोत्सवका अधिकांश कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
गत वर्ष पनि महामारीकै कारण पृथक रुपमा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको थियो । विगतका केही कार्यक्रम आगामी वार्षिकोत्सवदेखि निरन्तरता दिने गरी यो वर्ष केही पृथक कार्यक्रम समेत गरिने भएको हो ।

२०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १९ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गर्दै छ । पूर्वमन्त्री एवम् कालिका गु्रपका अध्यक्ष विक्रम पाण्डेले आज प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षका वार्षिकोत्सवका कार्यक्रम सूचना प्रविधिको भरपुर उपयोग गर्दै अनलाइनका माध्यमबाट गर्न लागिएको जानकारी दिए ।

‘विश्वमा फैलिदै गइरहेको कोभिड–१९ अर्थात् कोरोना भाइरसको कहरसँगै सिंगौरी खेल्दै समयानुुकूल कार्यक्रमहरु आयोजना गर्न गइरहेको सहर्ष जानकारी गराउँछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

वार्षिकोत्सवका अवसरमा यसपाली विविध १२ वटा कार्यक्रम गरिँदै छ । असोज १ गते देवघाटधाममा रहेका वृद्धवृद्धाको सम्मानार्थ स्वस्थ्य सामग्री प्रदान गर्दै मिष्ठान्न भोजन ग्रहण गराउने गरी वार्षिकोत्सवका कार्यक्रमको सुरुवात गरिने कालिका मिडियाका निर्देशक दिपक पौडेलले जानकारी दिए । उनका अनुसार असोज ४ गते कृषकहरु प्रति लक्षित गर्दै कृृषिमा आधुुनिकीकरण तथा व्यवसायीकरणबारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम, ७ गते व्यवसायमा कोरोनाको प्रभाव र न्यूनीकरण विषयक सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम, ११ गते फस्टाउँदो सामाजिक सञ्जाल र मुूलधार मिडियाको पत्रकारिता विषयक अन्तरक्रिया, १४ गते बस्ती भित्र लुुकेका हस्तीहरुका प्रतिभा प्रदर्शन गर्ने कार्यक्रम, १६ गते अन्तर्राष्ट्रिय साहित्य सम्मेलन, २० गते अन्तर कर्मचारी खेलकुुद प्रतियोगिता र २३ गते एकोस्टिक सिंगिङ कम्पिटिसन हुनेछ ।

कालिका फेसबुुक क्विज कार्यक्रम असोज १ गते देखि नै सुरु भएर २० गते सम्म सञ्चालन हुनेछ । त्यस्तै कालिकाको चौतारी २ देखि २५ गते सम्म दिउँसो एक बजेबाट २ बजे सम्म सञ्चालनमा आउने निर्देशक पौडेलले बताए । असोज २६ गते पुरस्कार वितरणका साथै वार्षिकोत्सव समापन समारोह हुनेछ ।

निर्देशक पौडेलले कालिका मिडिया सदैव श्रोता, दर्शक निकट रहने बताए । कालिका मिडियाअन्तर्गत कालिका एफएम २०५९ देखि, सांगीतिक रेडियो कालिका ९१ २०६४ देखि र कालिका एचडी टेलिभिजन २०७१ सालदेखि, सुरुवातदेखि नै कालिका न्यूज डटकम सञ्चालनमा छन् । जनचासो, जनसरोकारका सवालमा कालिका मिडियाले सदैब प्रतिबद्ध रहँदै कार्यक्रम प्रसारण गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>