समाचार

बर्थ डे केक खाएका १३ जना बिरामी, पसलेविरुद्ध उजुरी गर्ने तयारी

Banner

रूपन्देही, भदौ २०-

जन्मदिन मनाउन ल्याइएको केक खाँदा १३ जना बिरामी परेका छन् ।

६९ वर्षीय एकबहादुर गुरुङको जन्मदिनमा ल्याइएको केक खाएका बिरामी पर्नेमा एकबहादुर गुरुङ उनकी श्रीमती कुमारी गुरूङ, छोरा गमान सिंह गुरूङसहित विष्णु गुरूङ, राजकुमार विष्ट, शर्मिला गुरूङ, ठगबहादुर गुरूङ, विजय गुरूङ, यमुना गुरूङ, केशव गुरूङ, कृष्णा गुरूङ, तिर्सना गुरूङ र अप्सना गुरूङ रहेको स्थानीय राजकुमार गुरुङले नेपाल प्रेसलाई बताए ।

केक खाएको भोलिपल्ट झाडापखाला र वान्ता हुने तथा टाउको दुखेपछि सबैलाई स्थानीय मेडिकलमा भर्ना गरिएको थियो । बिरामी परेकामध्ये १२ जनालाई अस्पतालले चार दिनपछि डिस्चार्ज गरेको गुरुङले बताए । कुमारी गुरूङको भने बुटवलस्थित तिलोत्तमा अस्पतालमा उपचार भइरहेको छ ।

केक खाएका सबैलाई खाद्य विषाक्त भएको अस्पतालले जनाए पछि उक्त विक्रेताविरुद्व प्रहरीमा उजुरी दिने तयारी रहेको पीडितले बताए । उनको  अनुसार यो घटना भदौ १५ गतेको हो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>