Breaking News

नेपालमा थप १२६८ जनामा कोरोना संक्रमण, २१९५ जना संक्रमणमुक्त, नौ जनाको मृत्यु

Banner

काठमाडौं, भदौं १९-

पछिल्लो २४ घण्टामा थप एक हजार २६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार ७५३ पीसीआर परीक्षणमा एक हजार २४ जना र तीन हजार १२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी एक हजार २६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार १९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ । जसमध्ये २९ हजार ६५८ जना होम आइसोलेसनमा र दुई हजार १६८ जना संस्थागत आइसोलेसनमा छन् ।

काठमाडौंमा २८९, कास्कीमा १४३, झापामा ७९, सुनसरीमा ६५, ललितपुरमा ५३, मोरङमा ४५, भक्तपुर र रुपन्देहीमा ४४÷४४, बाँकेमा ३०, चितवनमा २६, मकवानपुरमा २५, कैलालीमा २३ जना र नवलपरासी पूर्वमा ११ जना संक्रमित भेटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>