Breaking News

चितवनमा कार्यरत निर्दोष दुई सैनिकको बढुवा रोक्नु विवेकहिन काम: अधिवक्ता ढुंगाना

Banner

काठमाडौं, भदौं १९-

अनाहकमा २८ महिना जेल जीवन बिताएका दुई सैनिकले सफाइ त पाएका छन् । तर, तीन वर्ष बढुवा रोक्का गर्ने आदेश शुक्रबार सैनिक विशेष अदालतले गरेको छ ।

अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ २०७५ पुसमा सर्ट मेसिन गन (एसएमजी) चोरी हुँदा चितवनको कालीबहादुर गणमा कार्यरत थिए । त्यसबेला गुरुङ र तामाङमाथि ड्युटीको समयमा गणबाहिर गएर मादक पदार्थ सेवन र दोहोरी साँझ गएको सैनिक प्रहरीको अनुसन्धानले देखाएको थियो ।

हतियार चोरी भएपछि तत्कालीन गणपतिसहित ११ जना अधिकारीविरुद्ध सेनाले ‘कोर्ट मार्सल’ गरेको थियो । त्यसबेला गणपतिसहित सबै जनालाई बढुवा रोक्काको आदेश भएको थियो । त्यही कसूरमा दुई सैनिकलाई पनि तीन वर्ष बढुवा रोक्काको आदेश दिइएको सैनिक स्रोतले बतायो ।

तर, उनीहरुको पक्षमा वकालत गरेका अधिवक्ता सोमनाथ ढुंगाना फैसलामा सैनिक अदालतले विवेक पु¥याउन नसकेको टिप्पणी गर्छन् । ‘उनीहरुले बाहिर गएर गल्ती गरे होलान्, तर बढुवा रोक्काभन्दा ठूलो सजाय पाइसकेका थिए,’ ढुंगानाले अनलाइनखबरसँग भने, ‘त्यसैले सैनिक अदालतको सजाय न्यायोचित लागेको छैन ।’

अरु ११ जनाले एउटै कसूरमा बाहिर बसे पनि उनीहरुलाई जेलमा बस्दा पनि फेरि उही प्रकृतिको सजाय गर्नु उचित नभएको ढुंगानाले बताए । चितवनमा गत ७ साउनमा सैनिक जवान भरत गुरुङको हत्या भएको घटनामा अनुसन्धान सुरु भएपछि उनीहरु निर्दोष रहेको खुलासा भएको थियो ।

दुई सैनिकले चोरेको भनेको नम्बरको एसएमजी गुरुङ हत्याका आरोपी भरतपुर–२१ का गंगाधर ढकालको साथबाट बरामद भएको थियो । त्यसपछि सैनिक विशेष अदालतले उनीहरुको मुद्दामाथि सुनुवाइ थालेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>