Breaking News

सरकारलाई ओलीको प्रश्न: शेरबहादुर र प्रचण्डले भन्नुपर्छ एमसीसी के गर्ने ?

Banner

काठमाडौं, भदौं १९-

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का केपी शर्मा ओलीले सरकारले एमसीसी झुक्याएर पास गर्न लागेको आरोप लगाएका छन् ।

एमाले काठमाडौँ महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘एमसीसीबारे बोल्दैनन्, भन्दैनन्,’ ओलीले भने, ‘झुक्याएर पास गर्न लागेका छन् । शेरबहादुर जीले भन्नु पर्दैन एमसीसी के गर्ने ? प्रचण्डले भन्नु पर्दैन एमसीसी के गर्ने ?’

कायर्उक्रममा ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दाबी गरेका छन् । भेलामा उनले सीमा विवाद अध्ययन समिति बनाएर कसलाई खुसी पार्न खोजेको हो भन्दै प्रश्न समेत गरे । ‘चीनसँग सीमा विवाद छैन्,’ ओलीले भने, ‘यो सरकारलाई चुनौती दिएर भन्न चाहान्छु , यो समितिले सीमा विवाद देखाओस् । कसलाई खुसी पार्न समिति बनाएको ?’ ओलीले यो सरकारले भारतसँगको सम्बन्ध पनि तनावग्रस्त पारेको आरोप लगाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>