Breaking News

चितवनमा निरन्तर घट्दै कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५० प्रतिशत घट्यो

Banner

चितवन, भदौं १९-

चितवनमा कोरोना संक्रमण निरन्तर घट्दै गएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार संक्रमितको संख्या र दैनिक मृत्यु हुनेको संख्या निरन्तर घट्दै गएको हो । विगत २४ घण्टामा चितवनमा कुनै पनि व्यक्तिले कोरोना संक्रमणको कारणले ज्यान गुमाएका छैनन् ।

त्यस्तै आईसीयूमा ३८ जना, भेन्टिलेटरमा सात जना, एचडीयूमा २४ जना, जेनरल बेडमा २९ जना गरी जम्मा ९१ जनाले उपचार गराइरहेका छन् । जुन संख्या साउनको अन्तिम हत्ताको तुलनामा धेरै कम हो । त्यतिबेला अस्पतालहरुमा संक्रमित बिरामीको संख्या ३०० भन्दा माथि थियो । विगत २४ घण्टामा ९ जना बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्यसैगरी चितवनमा विगत २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ३३ जना, खैरहनीमा दुई जना, माडीमा चार जना, रत्ननगरमा तीन जना र राप्तीमा चार जना रहेका छन् । चितवनमा केही दिन अघिसम्म झण्डै दुई हजार पाँच सय पुगेको सक्रिय संक्रमितको संख्या अहिले ५० प्रतिशत घटेर एक हजार २१८ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा एक हजार १५३ जना र अस्पतालको आइसोलेसनमा ६५ जना रहेका छन् । कोरोना संक्रमण दर घट्दै गएको कारणले चितवन प्रशासनले निषेधाज्ञा खुकुलो बनाएको छ । पार्टी प्यालेस र स्कुलहरु खोल्नको लागि प्रशासनले अनुमती दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>