खेलकुद

यात्रा ग्रुप भरतपुरलाई व्यवसायी रिमालको सहयोग

Banner

चितवन, भदौं १७-

यात्रा ग्रुप भरतपुरलाई युवा व्यवसायी तथा क्याप्सल फार्मेसीका सञ्चालक ईश्वर रिमालले खेलकुद सामग्री सहयोग गरेका छन् ।

रिमालले जर्सीसहित अन्य विभिन्न खेल सामग्री समयोग गरेका हुन् । आज (बिहीबार) रिमालले उक्त खेलकुद सामग्री यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा रिमालले खेलाडीलाई प्रोत्साहन गर्नका लागि खेल सामग्री सहयोग गरिएको बताए । खेलाडीको देशको पहिचान भएको भन्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यात्रा ग्रुपका अध्यक्ष कार्कीले यस्ता सहयोगले खेलाडीको मनोबल बढ्ने बताए । यसरी नै आवश्यक खेल सामग्री सहयोग गरेर सबैले खेलाडीलाई खेल्ने अनुकुल वातारण सृजना गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा यात्रा ग्रुपका उपाध्यक्ष सन्तोष कुमाल, कोषाध्यक्ष संजोग गुरुङ, खेलाडीलगायतको उपस्थिति थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>