Breaking News

नेकपा एमालेले भन्यो: जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोज्यो

Banner

चितवन, भदौं १७-

नेकपा एमालेले भारतीय सीमा सुरक्षा बलको ज्याजतीबाट मृत्यु भएका जयसिंह दाबीको घटनामा सरकार लाचार बनेको आरोप लगाएको छ ।

पार्टीले आज एक प्रेस वक्तव्य सार्वजनिक गर्दै गत साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक महिनाभन्दा बढी समय बित्दा पनि सरकारले बेवास्ता गरेको जनाएको हो ।

यस विषयमा छानबिन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयाशमा लागेको वक्तव्यमा उल्लेख गरिएको छ ।

आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का पैदा भएको एमालेले जनाएको छ । एमालेले नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कार्बाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>