Breaking News
कांग्रेस नेता पौंडेलले भने: देउवा सरकारले जनतालाई उत्साह दिन सकेन

काठमाडौँ, भदौं १७-
नेपाली कांग्रेसका वरिष्ठ नेता राम्रचन्द्र पौडेलले देउवा सरकारले जनतामा उत्साह दिन नसकेको आरोप लगाएका छन् ।
पौडेल समूहले १४ औं महाधिवेशनको बारेमा जानकारी दिन आज गरेको पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा उनले आफ्ना सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति पनि असन्तुष्टि जनाए । सरकारले नयाँ किसिमले उत्साह दिन नसेको उनको टिप्पणी थियो । ‘दुई तिहाइको कम्युनिस्ट सरकार ढलेपछि हाम्रो पार्टीबाट जनतालाई आशा थियो,’ पौडेलले भने, ‘हाम्रो पार्टीका सरकार जति सबल, सक्षम हुनुपर्थ्यो, त्यति भएन । नयाँ किसिमले उत्साह दिनुपर्ने थियो, त्यो नसकिरहेको पनि हामीले महसुस गरेका छौं ।’ पौडेल पक्षको पत्रकार सम्मेलनमा प्रकाशमानसिंह, शेखर कोइराला, शशांक कोइराला, गगन थापा, सुजाता कोइराला, अर्जुननरसिंह केसीलगायतका नेताहरुको उपस्थिति थियो ।
























