समाचार

बलिउड कलाकार तथा बीग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

Banner

काठमाडौँ, भदौ १७ –

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ ।

हृदयघातका कारण ४० बर्षको उमेरमा उनको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन ।

उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । त्यस्तै उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>