Breaking News
नेपालमा २०५२ जना कोरोना संक्रमित थपिए, ३०३० जना संक्रमणमुक्त, २० को मृत्यु
०

काठमाडौं, भदौं १६-
पछिल्लो २४ घण्टामा थप दुई हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१२ पीसीआर परीक्षणमा एक हजार ६४८ र चार हजार ३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी दुई हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या तीन हजार ३० रहेको छ भने २० जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























