समाचार
नेपालमा थप २,०५२ जनामा कोरोना संक्रमण, ३,०३० जना संक्रमण मुक्त
०
काठमाडौं, भदौं १६-
बितेको २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमित भन्दा निको हुने बढी देखिएको हो । बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएको थियो ।
यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























