Breaking News

भोलिदेखि काठमाडौँ उपत्यकाका चलचित्र भवन खुलाउन अनुमति दिने प्रशासनको निर्णय

Banner

काठमाडौं, भदौं १६-

काठमाडौं उपत्यकाका चलचित्र भवन भोलिदेखि खोल्न पाइने भएको छ ।

आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै चलचित्र भवन खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै चलचित्र भवन खुलाउन अनुमति दिइएको बताए । ‘स्मार्ट लकडाउनको कार्यविधिअनुसार चलचित्र भवन खुलाउन अनुमति दिएका हौं’ सीडीओ पराजुलीले भने ।

उनले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको जनाए । सीडीओको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । प्रशासनले निर्णय गरे पनि चलचित्र भवनहरु तत्काल खुल्ने अवस्था नरहेको क्यूएफएक्स सञ्चालक नकिम उद्दिनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>