Breaking News

चितवनमा कोरोनाबाट चितवनका चार र गोरखाको एक जनाको मृत्यु, थप ६१ जनामा संक्रमण

Banner

चितवन, भदौं १६-

चितवनमा कोरोना संक्रमणबाट विगत २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार भरतपुर अस्पतालमा तीन जना र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो । मृतकमध्ये चार जना चितवनका र एक जना गोरखाका हुन् ।

चितवनका विभिन्न अस्पतालमा कोरोनाका १०७ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ३८ जना, भेन्टिलेटरमा १० जना, एचडीयूमा २८ जना र जेनरल बेडमा ४१ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी चितवनमा विगत २४ घण्टामा ६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ३५ जना, खैरहनी नगरपालिकामा दुई जना, रत्ननगर नगरपालिकामा १२ जना, कालिकामा एक जना र इच्छाकामनामा एक जना थपिएका हुन् ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार २९१ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार २१९ जना र अस्पतालको आइसोलेसनमा ७२ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>