समाचार

पेस्तोलसहित दुई पुरुष पक्राउ

Banner

विराटनगर, भदौ १६-

मोरङको कानेपोखरीबाट पेस्तोलसहित दुई जना पुरुष पक्राउ परेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका-६ शिवालय चोकबाट पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरेको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३० वर्षीय रुद्रबहादुर क्षेत्री र उनको बयानका आधारमा ३० वर्षीयय पूर्णबहादुर रहेका छन् ।

प्रहरीका अनुसार क्षेत्रीले घरमै लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको थियो । घरबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको हो ।

दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>