Breaking News

गगन थापाले भने– तर्साएर तर्सिन्न, दबाएर दबिन्न

Banner

काठमाडौं,साउन २४-

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानअनुसार विशेष महाधिवेशन गरिएको दाबी गर्दै कानुनी प्रक्रियामा दृढतापूर्वक अघि बढ्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै थापाले विधानको व्यवस्थाअनुसार नै विशेष महाधिवेशन गरिएको र त्यससम्बन्धी विषयमा अदालतमा समेत सत्य कुरा नै राख्ने बताए । ‘केही दिन अगाडि सम्मानित अदालतले एउटा निर्णय गरेको छ । विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन गरेका हौँ । चित्त नबुझेपछि अदालत जानुभएको हो । सानका साथ अदालत जाने, सानका साथ डिफेन्स गर्ने । विशेष महाधिवेशनको हलमा सत्य, निर्वाचन आयोगमा सत्य र अदालतमा सत्य हुने कुरा फेरि असत्य हुँदैन,’ थापाले भने ।

उनले आफूलाई दबाब वा धम्की दिएर पछि हटाउन नसकिने स्पष्ट पारे । ‘तर्साएर म तर्सिन्नँ, दबाएर म दबिन्नँ । मलाई विधान थाहा छ । विधानको सीमाभन्दा बाहिर जाँदिनँ,’ थापाले भने । सभापति थापाले कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्दै आफूभन्दा बढी योगदान दिएका नेताहरूप्रति सम्मान रहेको बताए । ‘चार पुस्ताको पार्टी हो । मेरो उमेरभन्दा बढी योगदान दिने नेताहरू पार्टीमा हुनुहुन्छ । उहाँहरूलाई सम्मान छ,’ उनले भने ।

थापाले पार्टीभित्र सबैलाई मिलाएर अघि बढाउने जिम्मेवारी सभापतिको भएकाले आफूले सोहीअनुसार काम गर्ने बताए । ‘सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापतिको हो, मेरो हो,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>