समाज
नेता खनाललाई भेट्न डल्लु पुगे प्रचण्ड
०

काठमाडौं भदौ १६-
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
प्रचण्ड बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुगेर स्वास्थ्यबारे जानकारी लिएका हुन् । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न उनी फूलको बुकी लिएर गएका थिए ।भेटमा प्रचण्डले खनालको पूर्णस्वास्थ्य लाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
खनालले हालै भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए । उनी असार २ गते भारत गएकामिर्गौला प्रत्यारोपण गरी भदौ १४ गते स्वदेश फर्किएका थिए ।यही भदौ १४ गते स्वदेश फर्किएका थिए ।
प्रचण्डले खनालको पूर्णस्वास्थ्य लाभको कामना गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
–
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























