Breaking News

चितवनका पत्रकार मरहठ्ठा बने अमेरिकाको न्यूयोर्कबाट सञ्चालित टिभी सन्डेको प्रधान सम्पादक

Banner

चितवन, भदौं १५-

चितवनको कालिका नगरपालिका जुटपानीका किरण मरहठ्ठा अमेरिकाबाट सञ्चालित टिभी सन्डेको प्रधान सम्पादक बनेका छन् ।

अमेरिकामा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायले टिभीसन्डे नामक टेलिभिजन सञ्चालनमा ल्याएका हुन् । आइतबार न्यूयोर्कमा आयोजित कार्यक्रममा न्यूर्योक डिष्ट्रिक ३८ का एसेम्बलीवेमेन जेनिफर राजकुमार र न्यूयोर्कका नेपाली महाबाणिज्यदूत बिष्णुप्रसाद गौतमले टिभी सन्डे शुभारम्भ गरेका छन् ।

चितवनको जुटपानी गैँडाखोलामा जन्मिएका पत्रकार मरहट्टाले आजभन्दा २१ वर्षअगाडि बुटवल एमफबाट पत्रकारिताको व्यवसायिक यात्रा सुरु गरेका थिए । त्यसपछि उनले नेपाल टेलिभिजन, गोरखा एफएम, एबीसी टेलिभिजनलगायत झण्डै आधा दर्जन मिडियामा काम गरे । पत्रकारिता अभ्यासमा नै रहँदा अमेरिका गएका मरहट्टा नेपाल–अमेरिका पत्रकार संघका सचिव हुन् । स्पोटर्स कम्युनिकेसनमा अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट स्नातक गरेका  मरहठ्ठा विश्वविख्यात फुटबलर लियोनेल मेसीको अन्तरवार्ता गर्ने पहिलो दक्षिण एसीयाली पत्रकार हुन् । सन् २०१५ मा बार्सिलोना फुटबल क्लब पुगेर उनले निर्माण गरेको डकुमेन्ट्रि ‘मेसी द म्यान एट बार्सा’ ले अन्तराष्ट्रिय चर्चा बटुलेको थियो ।

चितवनका अग्रज रेडियो पत्रकार सुरज पौडेलले कार्यक्रम प्रस्तुतिको रुपमा किरण मरहट्टा चितवनकै सफल पत्रकार भएको स्मरण गरे । उनले भने, ‘ भेटघाट नभएको त धेरै लामो समय भयो । तर, मिडियाका सामग्रीको आधारमा मरहट्टा दर्शक र स्रोताले खोजे अनुरुपका समग्री पस्कन सक्ने पत्रकार हुन् । उनले अमेरिकामा पनि सोही अनुरुपको खुबी र क्षमता देखाउने छन् । ’

टिभी सन्डेले अमेरिकी विविधतालाई समेटेर आफ्ना सामग्रीहरु प्रकासन तथा प्रसारण गर्ने बताएको छ । ‘विभिन्न समुदायको मौलिक पहिचानलाई प्रवद्र्धन गर्दै अमेरिकी मुलधारको सामाजिक एवम् राजनीतिक गतिबिधिमा आप्रवासी समुदायलाई प्रोत्साहन गर्ने हाम्रो मूल उद्देश्य हो’ टिभीका प्रधान सम्पादक तथा प्रस्तोता किरण मरहठ्ठाले भने ।

न्यूर्योकको फोरेष्ट हिलटावरमा स्टुडियो रहेको टिभि सन्डेको लण्डन, दोहा, मेलबर्न र काठमाडौँमा ब्यूरो कार्यालय छन् । सुरुमा दैनिक दुई घण्टा कार्यक्रम प्रसारण गर्ने र समयक्रममा बढाउँदै लैजाने योजनाका साथ टिभी सन्डेले आफ्नो कार्यक्रम तयारी गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>