अर्थ

युरो पेन्ट्सले मनायो तेश्रो वार्षिकोत्सव, एक वर्षमा देशका सबै शहरमा पुर्‍याउने लक्ष्य

Banner

– विनय आचार्य

चितवन, भदौ १५ –

चितवनबाट उत्पदान हुँदै आएको युरो पेन्ट्स नेपालले आफ्नो तेश्रो वार्षिकोत्सव मनाएको छ । जग्गनाथ गु्रुप अफ इण्डष्ट्रीद्वारा भरतपुर महानगरपालिका– १६ विजयनगरमा सञ्चालित युरो पेन्ट्सले सोमबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव समारोहमा बोल्दै जग्गनाथ ग्रुपका प्रबन्ध निर्देशक केल्बिन चापागाईंले युरो पेन्ट्सलाई अबको एक वर्षमा देशका मुख्य शहरसहित पहाडी शहरमा पु¥याउने लक्ष्य रहेको बताए । उनले हालसम्म पूर्व मेचिदेखि पश्चिम धनगढीसम्म पूर्वपश्चिम राजमार्ग आसपास क्षेत्रका बजारमा मात्र युरो पेन्ट्स पु¥याउन सकिएको बताउँदै अबको एक वर्षमा सबै जिल्लाका सहरमा पु¥याउने लक्ष्य राखिएको बताए ।

युरो पेन्ट्सले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताउँदै उनले युरो पेन्ट्सलाई निकट भविष्यमै नेपालको नम्ब्र वान पेन्ट्स बनाउने गरी लाग्न सबैलाई निर्देशन दिए ।

वार्षिकोत्सव समारोहमा तीन जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो । बजार व्यवस्थापनका टोलीसहित कम्पनीको कामदार तथा कर्मचारी सबैलाई कम्पनीले मायाको चिनो प्रदान गरेको थियो । युरो पेन्ट्समा हाल सबै क्षेत्रमा गरेर ३५ जना कार्यरत रहेको कम्पनीका उत्पादन प्रबन्धक ध्रुव चापार्गांले जानकारी दिए ।

ध्रुव चापागाईंले सञ्चालन गरेको वार्षिकोत्सव कार्यक्रममा जग्गनाथ ग्रुपका सञ्चालकहरु भिम पाण्डे, राजकुमार न्यौपाने,पवन सुवेदी, सचिव सर्वन रेग्मी, कम्पनीका प्राविधिक प्रमुख विरेन्द्र सिंह लगायत बजार शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>