Breaking News

नेपालमा १६६४ जना कोरोना संक्रमित थपिए, १७८६ जना संक्रमणमुक्त, २० को मृत्यु

Banner

काठमाडौं, भदौं १५-

पछिल्लो २४ घण्टामा थप एक हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ११७ पीसीआर परीक्षणमा एक हजार ५२३ र तीन हजार १०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल एक हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १७८६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ६२ हजार ६४७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ भने सात लाख १६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेका छन् । जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा रहेका छन् भने दुई हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै १० वर्ष मुनिका ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ११६ जना कोरोना संक्रमित थपिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>