क्रिकेट
इपीएलको विजेताले ५० लाख पाउने, उपविजेताले १५ लाख
०

काठमाडौँ, भदौ १५–
नेपालकै ठूलो क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० क्रिकेटको विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ ।
इपीएल आयोजकले मंगलबार विजेताको पुरस्कार राशी वृद्धि गरिएको जनाएको हो । यसअघि विजेताले २५ लाख रुपैयाँ प्राप्त गरेका थिए । यसपटक विदेशी खेलाडीहरुमा स्तरीय खेलाडी अनुबन्ध गरेपछि इपीएलले पुरस्कार राशीलाई बढाएको हो ।
चौथो संस्करणको यस प्रतियोगितामा स्टार पाकिस्तानी क्रिकेट शाहिद अफ्रिदी, डानिस अजिज, अफगानिस्तानका हिटर मोहम्मद शाहजाद, श्रीलंकका दिनेश चाण्डिमाललगायतका खेलाडीहरु खेल्दै छन् ।
प्रतियोगिता आउँदो असोज ९ गतेदेखि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा काठमाडौं किंग्स ११, चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स र पोखरा राइनोज फ्रेन्चाईज टिम रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















