Breaking News

कांग्रेस चितवनको सभापतिमा उत्तम जोशीले गरे उम्मेद्वारी घोषणा

Banner

चितवन, भदौ १५–

नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले आसन्न १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । आज (मंगलबार) भएको भरतपुर महानगरपालिका–१० को क्रियाशिल वडा भेलामा सचिव जोशीले उम्मेद्वारी घोषणा गरेका हुन् ।

उम्मेद्वार घोषणा गरेसंगै नारायणी अनलाइनसंग कुरा गर्दै जोशीले उम्मेद्वार घोषणा लगत्तै धेरैबाट सकरात्मक प्रतिक्रिया पाएको बताए । उनले आफ्नै वडा भएकाले आजै उम्मेद्वारी घोषणा गरेको बताए । उनले एक व्यक्ति, एक पद, एक कार्यकाल हुनुपर्छ भन्ने मान्यता कायम गर्ने गरी उम्मेद्वारी घोषणा गरेको बताए । उम्मेद्वारी घोषणासंगै उनले ९ बुँदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।

नेपाली कांग्रेसको निर्वाचन तालिका सार्वजनिक भएसंगै चितवनमा चुनावी माहोल सुरु भएको हो । निर्वाचन तालिका अनुसार यही भदौ १८ गते वडा अधिवेशन हुँदैछ । जस अनुरुप असोज १० गते जिल्ला अधिवेशन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>