Breaking News

चितवनमा कोरोना संक्रमण दर घट्यो, संक्रमितले भरिएका अस्पतालका बेड खाली हुँदै

Banner

चितवन, भदौं १५-

चितवनमा कोरोना संक्रमण दर निरन्तर ओरालो लागेको छ ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार दैनिक २०० भन्दा बढी कोरोना संक्रमित थपिने चितवनमा यो संख्यामा भारी गिरावट आएको छ । विगत केही दिनदेखि दैनिक संक्रमित १०० जना भन्दा कम देखिएका छन् भने सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । जसले गर्दा कोरोना संक्रमणबाट भरिएका अस्पतालको बेडहरु बिस्तारै खाली हुँदै गएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार विगत २४ घण्टामा ६७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ४९ जना, माडी नगरपालिकामा चार जना, खैरहनीमा दुई जना, रत्ननगरमा छ जना, राप्तीमा तीन जना, कालिकामा दुई जना र इच्छाकामनामा एक जना रहेका छन् ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ३६७ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार २९३ जना र अस्पतालको आइसोलेसनमा ७४ जना रहेका छन् । यसअघि सक्रिय संक्रमितको संख्या झण्डै दुई हजार ५०० को हाराहारी र अस्पतालको आइसोलेसनमा झण्डै २०० संक्रमित रहेका थिए । सार्वजनिक आइसोलेसनमा सक्रिय संक्रमितको संख्या शून्य भएको छ ।

कोरोना संक्रमितले भरिभराउ भएको चितवनका अस्पतालहरुमा बिरामीको संख्या विस्तारै घट्दै गइरहेको छ । विगत २४ घण्टामा चितवनका अस्पतालहरुमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन भने केही समयअघि ३०० भन्दा धेरै कोरोनाका बिरामी भर्ना भएको चितवनमा अहिले १०८ जनाले उपचार गराइरहेका छन् । जसमा ३६ जना आईसीयूमा, भेन्टिलेटरमा नौ जना, एचडीयूमा २७ जना र जेनरल बेडमा ४५ जना बिरामीले उपचार गराइरहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ८ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>