चितवन विशेष

रामजानकी बालिका आश्रमलाई स्वास्थ्य सामग्री सहयोग

Banner

चितवन, भदौ १४–

चितवन ग्रीन लियो क्लबले देवघाटस्थित रामजानकी बालिका आश्रमलाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।

कृष्ण जन्माष्टमीको अवसर पारेर क्लबले एक कार्यक्रम आयोजना गरि आश्रममा रहेका बालिकाहरुलाई खाना खुवाउने र स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सामग्री हस्तान्तरण पछी बालिकाहरुसंग भजनकृतन गर्दै बालिकाहरुलाई खाना समेत खुवाइएको थियो ।कार्यक्रममा बोल्दै आश्रमका मामाले युवाहरु समेत समाज परिवर्तनमा लागेको र सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए ।

चितवन ग्रीन लियो क्लब अध्यक्ष सुबर्ण खरेलको अध्यक्षतामा भएको कार्यक्रम लियो जिल्ला परिषद् ३२५ बि २ नेपाल अन्तर्गत,एरीया–३ चिफ कोर्डीनेटर विज्ञान पौडेल प्रमुख अतिथि रहेका थिए भने निवर्तमान अध्यक्ष बिकास मृश्रा अतिथि रहेका थिए ।

कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष हरि पौडेल स्वागत मन्तव्य दिएका थिए भने क्लबका सचिव सुजन पौडेलले कार्यक्रमकको सहजिकरण गरेका थिए।

बालिकाहरुलाई स्वास्थ्य सामाग्री र सेनेटरी प्याड भरतपुर १० कन्या कलेज रोडमा स्थित एसियन फामेसीको सौजन्य रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>