समाज
चर्को विरोध भएपछि एपीवान टिभीले एमसीसीको विज्ञापन आइन्दा प्रशारण नगर्ने
०

काठमाडौं,भदौं १४-
एमसीसीबारे जनमानसमा रहेको भ्रम चिर्न भन्दै बनाइएको विज्ञापन एपीवान टेलिभिजनले नबजाउने घोषणा गरेको छ । सो टेलिभिजनको फेसबुक पेजमा आम दर्शक तथा शुभचिन्तकबाट ध्यानाकर्षण भएपछि यो निर्णय लिइएको उल्लेख छ ।
‘निजी टेलिभिजनले पालना गर्नुपर्ने सबै नियम र कानूनभित्र रहेर प्रशारण गरिएको भए पनि उल्लेख्य संख्याका दर्शक तथा शुभचिन्तकले असहमति जनाउनुभएका कारण सार्वजनिक दायित्व पालना गरिएको जिम्मेवार संस्थाको रुपमा एपीवान व्यवस्थापनले उक्त विज्ञापन अब उप्रान्त प्रशारण नगर्ने निर्णय गरेको छ,’ टेलिभिजनद्वारा जारी सूचनामा भनिएको छ । एमसीसीको विज्ञापन पहिलोपटक एपीवान टेलिभिजनमा बजाउन थालिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























