Breaking News

चितवनमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या निरन्तर घट्दै

Banner

चितवन, भदौं १४-

चितवनमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा चितवनको एक जना र पुरानो मेडिकल कलेजमा मकवानपुरको एक जनाको मृत्यु भएको हो ।

त्यस्तै चितवनका विभिन्न अस्पतालमा कोरोनाका १०४ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ३२ जना, भेन्टिलेटरमा १२ जना, एचडीयूमा २८ जना र सामान्य बेडमा ४४ जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट १९ जना डिस्चार्ज भएका छन् ।
त्यसैगरी चितवनमा विगत २४ घण्टामा ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा २३ जना, खैरहनी नगरपालिकामा १ जना, रत्ननगर नगरपालिकामा चार जना र राप्तीमा दुई जनामा संक्रमण देखिएको हो । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ४२० जना रहेको छ । केही दिन अघि झण्डै दुई हजार पाँच सयको हाराहारीमा पुगेको सक्रिय संक्रमितको संख्या घटेर एक हजार ४२० मा झरेको हो । जसमा घरमा आइसोलेसनमा एक हजार ३४५ जना र अस्पतालको आइसोलेसनमा ७५ जना रहेका छन् । चितवनमा पहिलो र दोस्रो लहरमा गरेर जम्मा २४ हजार ५७५ जनालाई कोरोना संक्रमण देखिएकोमा अहिलेसम्म २२ हजार ७६३ जनाले कोरोना जितेका छन् । आज चितवनको एक जना सहित चितवनमा कोरोना संक्रमणको कारणले ज्यान गुमाउनेहरुको संख्या ३९२ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>