अर्थ

आई पे रेमिटले टिकटक च्यालेन्ज प्रतियोगिता गर्दै, कसरी हुने सहभागी ?

Banner

काठमाडौं भदौ १४ –

नारीहरुको विशेष चाड हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता हुने भएको छ । नेपालमा रेमिटेन्स् भित्र्याउने काम गर्दै आएको आई पे रेमिटले उक्त टिकटक च्यालेन्ज प्रतियोगिता आयोजना गरेको हो ।

आई पे रेमिटले सोमबार एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । प्रतियोगितामा सहभागी हुने प्रतियोगीले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नु पर्ने छ ।

प्रतियोगितामा सहभागीहरु मध्येबाट एक जनालाई लक्की ड्र मार्फत छनोट गरेर २० हजार रुपैयाँ दिइने रेमिटले जनाएको छ । यस्तै पाँच जनालाई लक्की ड्र मार्फत छनोट गरी ५०० रुपैयाँको टप अप दिइने छ । रेमिटका अनुसार सम्पूर्ण टिकटक भिडियोमध्ये सर्वाधिक लाईक आएको एक प्रतियोगिले १० हजार नगद पुरस्कार समेत पाउने छन् ।

आई पे रेमिटले गत वर्ष पनि यस्तै प्रतियोगिता सञ्चालन गरेको थियो । मलेसिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट रकम ल्याइरहेको आई पे रेमिटले रियल टाईम एकाउन्ट डिपोजिटको सुविधाको साथै देश भर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी काउन्टरबाट ग्राहकलाई सविधा दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>