Breaking News

‘पैसा छ, काम गर्ने संयन्त्र छैन’: योजना आयोगका उपाध्यक्ष पौडेल

Banner

ध्रुवराज खनाल

चितवन, भदौ १३–

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले काम गर्ने संयन्त्र कमजोर हुँदा विकास निर्माणको काम सोचे जस्तो हुन नसकेको बताएका छन् ।

रत्ननगर उद्योग बाणिज्य संघ र रोटरी क्लव अफ रत्ननगरले आईतबार संयुक्त रुपमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पौडेलले पैसा भएपनि काम गर्ने संयन्त्र राम्रो नभएको बताएका हुन् । ठुला आयोजनाहरुका लागि ठेक्का पछि रकम लैजाने तर काम समयमै नगर्ने समस्या रहेको समेत उपाध्यक्ष पौडेलले औल्याए । ‘योजना, कार्यक्रमका लागि जति पनि बजेट विनियोजन हुन्छ’ योजना आयोग उपाध्यक्ष पौडेलले भने ‘काम गर्ने संयन्त्र बलियो नहुँदा समस्या छ ।’ धेरै जसो योजनाहरु ठेकेदारका कारण अलपत्रमा पर्ने गरेको उनको भनाई थियो । ‘ठेकेदारले राजनीति गर्दा काममा बाधा पुगेको छ’ पौडेलले थपे ‘नेताले राजनिति गर्ने हो,ठेकेदारले ठेक्का पट्टाको काम मात्र गर्ने हो ।’

योजना आयोग उपाध्यक्ष पौडेलले विकास निर्माणको कामलाई साझा विषयको रुपमा लिन सके मुलुकमा चाँडो प्रगति हुने बताए । योजनाका लागि अर्बौ बजेट ल्याउन सकिने उल्लेख गर्दै उनले यहाँको विकासलाई साझा रुपमा लिनु पर्ने औल्याए । पूर्वीचितवनको समग्र विकासका लागि गुरुयोजना बनाएर ल्याए बजेटको चिन्ता लिनु नपर्ने उनले बताए ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले नारायणी नदिको पुल जीर्ण भएकाले अर्को पुल निर्माण गर्नु पर्ने, गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले बजेट छुट्याउनु पर्ने, लोथर टिकौली सडक स्तरोन्नती गर्नु पर्ने,रामपुर कृषि क्याम्पस खैरहनीको भवन निर्माण सुरुवात गर्नु पर्ने, बाढी र पहिरोबाट जोगाउन स्थायी किसिमको समाधान हुने खालका योजना पारेर बजेट विनियोजन गर्न योजना आयोगका उपाध्यक्ष पौडेलको ध्यानाकर्षण गराए ।

रत्ननगरका मेयर नारायण वनले रत्ननगर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने गरि कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठले शक्तिखोरमा औद्योगिकग्राम निर्माणको काम दु्रत गतिमा वढाउनु पर्ने, हुग्दि शक्तिखोर सुरुङमार्ग निर्माणका लागि योजना पार्न आग्रह गरे । रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुराल र उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले पूर्वी चितवनका संभावित पर्यटकीय क्षेत्रलाई जोडेर एकिकृत विकास गर्नु पर्ने औल्याए ।

रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष निराजन खनाल, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र वकुलहरका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्मचार्य, रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष विष्णु शर्मा लगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>