चितवन विशेष

चितवनका एक बीमित परिवारलाई आईएमई लाईफ इन्स्योरेन्सद्धारा रकम हस्तान्तरण

Banner

चितवन, भदौ १३–

वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका चितवन माडीका एक बीमितका परिवारलाई मृत्यु दाबी भुक्तानी गरिएको छ । माडीका नवराज ढकालको मृत्यु भएकोमा उनकी श्रीमतीलाई आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले नारायणगढमा जीवन बीमा वापतको तेह्र लाख रुपैयाँ भुक्तानी गरेको हो ।

सो इन्स्योरेन्स कम्पनीको नारायणगढ शाखामा आयोजित कार्यक्रममा शाखा प्रमुख सुष्मा भट्टराईले मृतककी श्रीमती कल्पना ढकाललाई सो भुक्तानी वापतको चेक हस्तान्तरण गरिन । मृत्यु आफैंमा दुःखदायी र असह्य हुने भएपनि सो दुःखमा केही मात्रामा भए पनि आफूहरुको साथ रहेको भन्दै उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन ।

सो कार्यक्रममा बोल्दै सञ्चारकर्मी तथा आईएमई लाईफ इन्स्योरेन्सकी एजेन्सी मेनेजर अजिता अधिकारीले जीवन बीमा वचत र सुरक्षा दुबै भएकोले सबैले जीवन बीमाको महत्व बुझ्नुपर्ने आवश्यकता औंल्याइन । माडी ८ चितवनका ४५ वर्षीय ढकालको वैदेशिक रोजगारीबाट फर्किए लगत्तै जंगली बँदेलको आक्रमणबाट हालसालै मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>