चितवन विशेष

रत्ननगरका क्यान्सरपीडित भट्टलाई सहयोग

Banner

चितवन, भदौं १३-

रत्ननगर नगरपालिका–१३ का क्यान्सरपीडित सोमप्रसाद भट्टलाई १० हजार रुपैयाँ आर्थिक सहयोग भएको छ ।

गोरखा नगरपालिका वार्ड नं १ बाह्रबिसे स्थायी घर भई अहिले रत्ननगर नगरपालिका–१३ बस्ने भट्टलाई भट्ट कौशिक (अलिना) गोत्रीय सेवा समाज चितवनले सो सहयोग गरेको हो ।

भरतपुर–२ आँपटारी घर भई हाल अष्टे«लिया बस्दै आएकासरोज भट्टको तर्फबाट पठाइएको सहयोग रकम समाजका अध्यक्ष टंकप्रसाद भट्ट, समाजका वरिष्ठ उपाध्यक्ष राजु भट्ट र समाजका अन्य पदाधिकारी एवंम् सदस्यहरुको रोहबरमा सोमप्रसाद भट्टलाई हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण क्रममा समाजका अध्यक्ष भट्टले रकम सानो भएता पनि यसले सोमप्रसाद भट्टको उपचारमा केही भए पनि राहत मिल्ने र अन्यले समेत उनको उपचारका लागि सहयोग गर्ने वचन दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>