कृषि

मौरी जोन सञ्चालन समन्वय समिति चितवनको संयोजकमा पौडेल चयन

Banner

चितवन, भदौ १३-

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको मौरी जोन सञ्चालन समन्वय समितिको नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार भएको समितिको दोस्रो साधारण सभाले रामप्रसाद पौडेलको संयोजकत्वमा नौ सदस्य नयाँ कार्यसमिति सर्वसम्बत रुपमा चयन गरेको हो ।

समितिको सहसंयोजकमा विकास नेपाल क्षेत्री, सचिवमा सरिता भट्टराई श्रेष्ठ, सहचिवमा दिनेश चेपाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा एरोन मोक्तान, मनु गुरुङ, कान्छीमाया तामाङ, अशोक कुमार जिम्बा र पानबहादुर तामाङ छन् । कार्यविधि अनुसार, समितिले मौरी जोनअन्तर्गतका कृषकबीच प्रविधिको विस्तारमा सहयोग, योजना तर्जुमा छनोटलगायतका काम गर्न पाउँछन् ।

चितवनमा चालु आर्थिक वर्ष एक हजार तीन सय मौरीघार वितरण, मौरीका लागि मेसिनरी औजार, रानी मौरी उत्पादन उपकरण, मह ब्राण्डिङ, स्थलगत प्राविधि सेवालगायतका योजना रहेका छन् । यी कामका लागि जोन समन्वय समितिले सहयोग गर्ने छ ।

साधारण सभामा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले सहमतिमा मौरी जोन सञ्चालन समन्वय समितिको गठन हुनु सकारात्मक भएको भन्दै प्रदेश अन्तर्गतका कार्यक्रमहरुम समेत मौरी व्यवसायलाई प्राथमिकता दिने बताए ।

त्यस्तै परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख विनोदकुमार भट्टराईले यस वर्ष सृजनात्मक कार्यक्रममा सहभागी हुन सबै सूचिकृत कृषकहरुलाई अनुरोध गर्दै निवर्तमान समितिको भूमिकाको प्रशंसा गरेका थिए । मौरीपालन विकास कार्यक्रम भण्डाराका गोविन्दप्रसाद पोखरेलले सबै मौरीपालक कृषकहरु र सरोकारवालासँगको समन्वयमा कार्यक्रम सञ्चालन हुने बताए ।

साधरण सभामा किसानहरुले मौरी पालन व्यवसायको मुख्य समस्या चरण क्षेत्र रहेकाले यसको विस्तार गर्नका लागि नयाँ बनेको समितिले महत्वपूर्ण भूमिका खेल्न सुझाव दिएका थिए ।

कार्यक्रममा संयोजक धर्मराज लामाले पेस गरेको आर्थिक आयव्यय विवरण र सचिव विकास नेपाल क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन संशोधनसहित पारित भएको थियो ।
निर्वतमान संयोजक धर्म लामाको अध्यक्षतामा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा नम्बर ६का वडा अध्यक्ष सिंहलाल प्रजा, नेपाल मौरीपालन महासंघ जिल्ला समिति चितवनका प्रमुख रोशन पण्डित, कृषि अधिकृत इन्द्रशर्मा ढुंगाना, माधव पौडेललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>