Breaking News

नेपालमा अझै केही दिन निरन्तर वर्षा हुने

Banner

काठमाडौँ, भदौ १३–

मौसम पूर्वानुमान महाशाखाले नेपालमा अझै केही दिन निरन्तर वर्षा भइरहने जनाएको छ ।

केही दिनदेखि जारी वर्षा अझै केही दिन नरोकिने महाशाखाले बताएको छ । महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ । आज पनि देशैभर विहानैदेखि वर्षा भइरहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ ।

अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>