Breaking News

चितवनमा ६७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

Banner

चितवन, भदौ १२ –
चितवनमा पछल्लिो २४ घण्टामा ६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ५० जना,  माडीमा २ जना, रत्ननगर नगरपालिकामा १० जना, राप्तीमा २ जना, कालिकामा २ जना, र इच्छाकामना गाउपालिका १ जना थपिएका हुन् ।

यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ६३६ पुगेको छ ।

त्यसैगरी चितवनमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । जसमा चितवनका दुई, नवलपुरका एक र मकवानपुरका एक जना रहेका छन् ।

यस्तै अस्पताल र स्थानीय तहले बनाएका आइसोलेशनमा रहेका १२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>