Breaking News

हामी केपी ओलीको टाङमुनी छिर्यौ भन्नु राजनीतिक भाषा होइनः सुरेन्द्र पाण्डे

Banner

चितवन, भदौ ११–

नेकपा (एमाले)का स्थायी कमिटि सदस्य एवंम पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले तत्कालिन एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन कसैले पनि नउचालेको दावी गरेका छन् ।

चितवनको सौराहामा आज (शुक्रबार) पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा नेता पाण्डेले आफूलगायत नेता कसैले पनि पार्टी फुटाउन नउचालेको दावी गरेका हुन् । ‘संविधान र पार्टीको विधान नै उल्लंघन भएको बेला पार्टी भित्र अन्तरसंघर्ष एउटा क्लाइमेक्समा पुगेको थियो, तर अदालतले ती सबै निर्णयहरु बदर गरेपछि हामी पार्टी भित्रै फर्कने वातावरण बनेको थियो’ नेता पाण्डेले भने ‘एकताका लागि स्वंयम नेता नेपालले नै पहल गर्नु भएको थियो, उहाँ छुट्टिनुको विविध कारण होला ।’

नेता पाण्डेले आफैले बलियो गरि निर्माण गरेको घरमा आगो लगाएर बस्ने अवस्था नरहेकाले पार्टी भित्रै अन्तरसंघर्ष जारी राख्ने गरी पार्टीलाई एकतावद्ध बनाएर अघि बढेको बताए । ‘हामी सबैले उहाँलाई (माधव नेपाल) मुख्य विषयमा सहमति भएपछि सहायक विषयमा झगडा गरेर अर्थ छैन भनेर सम्झाउने कोसिस गरेनौं, उहाँलाई व्यक्तिगत इगोले होला हाम्रो कुरा सुन्नु भएन’–नेता पाण्डेले भने । उनले सबै मिलेर पार्टीलाई अब एक ढिक्का बनाएर लैजाने गरी पार्टीको स्थायी कमिटि र केन्द्रीय कमिति बैठकमा सहभागिता जनाएको बताए ।

यस्तै नेता पाण्डेले आफ्नै सहयात्री भएर हिडेकी नेतृ रामकुमारी झाक्रीले आफूलगायतका नेताहरुलाई केपी ओलीको टाङमुनी छिर्यौ भनेको विषयलाई प्रतिवाद गरेका छन् । उनले यस्तो भाषा राजनीतिक भाषा नभएको भन्दै सभ्य भाषा प्रयोग गर्न आग्रह गरे । ‘प्रश्न टाङमुनी छिर्ने या नछिर्ने भन्ने होइन, कतिपय हाम्रा बिमती होलान्, बिमतीको बीचमा हामीले एकता गर्नुपर्‍याछ,, एकता गर्दागर्दै हामीबीच संघर्ष होला’ नेता पाण्डेले भने ‘हाम्रो आमपार्टी लाइनकै होला ऋंखला नै त्यसरी गुज्रेर आएको छ ।’

त्यस्तै नेता पाण्डेले माधव नेपालले अर्को पार्टी खोल्दा नेकपा एमालले घाटा भएको भन्दै यसलाई सामान्य रुपमा नलिएको बताए । ‘कोही पार्टीबाट बाहिर गयो भनेर केही हुँदैन भन्ने बेला होइन, भोटमा १ मतले पनि धेरै फरक पार्छ’ नेता पाण्डेले भने ‘कोही पनि नेता बाहिर जानु त राम्रो हुँदै होइन ।’

चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य समेत रहेका नेता पाण्डेले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसंग फेरि एकता हुन सक्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>