देश/प्रदेश
समाजवादी प्रेस नेपालको संयोजकमा श्रेष्ठ
०

काठमाडौँ, भदौ १०–
नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ ।
सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ । उहाँले तत्कालीन प्रेस चौतारीको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेला आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने छ । भेलामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा विजय पौडेल, प्रेस चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















