Breaking News

सेतीदोभानमा पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

Banner

चितवन, भदौ १०–

नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

अविरल वर्षाले सेतीदोभानमा पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

भरतपुर महानगरपालिका–२९ सेतिदोभानस्थित नारायणगढ मुग्लिन खण्डमा अबिरल वर्षाको कारण आज राति ८ः२० बजेको समयमा पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोले दुवैतर्फ पूर्ण रुपमा अवरुद्ध भएको छ ।

तत्काल बाटो सुचारु हुने संभावना नभएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>