मौसम
तीन दिनसम्म भारी वर्षा हुने

काठमाडौं, भदौ १०-
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भवना रहेको जनाएको छ । केही दिनदेखि मनसुन सक्रिय भइ शुरु भएको वर्षा बिहीबारदेखि तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा ठूलो पानी पर्ने सम्भवना रहेको विभागले जनाएको हो । त्यस्तै वर्षाका कारण आकस्मिक रूपमा नदिमा पानीको बहाव बढ्ने हुनाले सावधानी अपनाउन अनुरोध गरेको छ । त्यस्तै महाशाखाले आकस्मिक बहावले देशका विभिन्न स्थानमा बाढीले क्षति पु-याउन सक्नेभन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बिहीबार काठमाडौं उपत्यका, उदयपुर, सिन्धुली र दाङ क्षेत्रमा पानीको बहाव आकस्मिक बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । विहानैदेखि नारायणी नदीको नवलपुर क्षेत्रमा बाढीले सतर्कता तह पार गरी सकेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना रहेकोले सजग रहन आग्रह गरेको छ ।

























