देश/प्रदेश
विविधतामा एकता र समानतामा आधारित नेपाल निर्माण गरौँ : कुलमान घिसिङ
०

काठमाडौँ, साउन २४ –
विश्व आदिवासी दिवसका अवसरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाललगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन् ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘हाम्रा आदिवासी प्रसूतिकर्मीको सम्मान स् जीवन र स्वास्थ्यको संरक्षण’ भन्ने मूल नाराका साथ विश्व आदिवासी दिवस मनाइरहँदा आदिवासी जनजातिका मौलिक ज्ञान, परम्परा तथा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका जीवनपद्धतिको सम्मान र संरक्षणको महत्त्व अझ गहिरो रूपमा स्मरण गर्नुपर्ने अध्यक्ष घिसिङले बताए
उनले विश्व आदिवासी दिवस केवल उत्सव मनाउने अवसर मात्र नभई आफ्नो पहिचान, भाषा, संस्कृति, परम्परा र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि प्राप्त उपलब्धिको समीक्षा गर्ने र बाँकी चुनौतीहरूको सामना गर्ने संकल्प गर्ने महत्त्वपूर्ण दिन भएको उल्लेख गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























