चितवन विशेष

विज्ञापन र चलचित्र निर्माणमा सक्रिय बन्दै चितवनका भुवन

Banner

चितवन, भदौं १०

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजबाट एमबीए अन्तिम समेस्टरमा पढ्दै गरेका चितवनका भुवन तिवारी अहिले चलचित्र निर्माण र डिजिटल मार्केटिङमा सक्रिय रहँदै आएका छन् ।

उनले चार वर्षअघि आर्यन पोडक्सन कम्पनी नै खोलेर छोटा चलचित्र र विज्ञापनहरुको उत्पादन गर्न थालेका हुन् । उनी विज्ञापन तथा चलचित्रहरुमा आफैँ अभिनय पनि गर्छन् । उनले बनाएको ‘पब्जी परिवार’ भाग १ देखि ६ सम्म उनको फेसबुक तथा युट्युब च्यानलबाट लाखौंले हेरिसकेका छन् । भर्खरै उनले ‘क्लब हाउस’ नामको अर्काे छोटो अभिनय पनि युट्युबमा लोकप्रिय बन्दै गएको छ । उनले छोटा चलचित्र बाहेक म्युजिक भिडियो, वृतचित्र, मोबाइल एप डिजाइन, थ्रि डी एनिमेशन र अन्य कयौं डिजाइनिङका काम गर्दै आएका छन् ।

बहुप्रतिभाका धनी भुवनले नारायणी अनलाइनलाई भने, ‘ कलेज पढ्दै देखि विभिन्न बैँकहरुले जागिरको लागि बोलाएका पनि थिए तर यसै क्षेत्रमा मेरो रुचि भएकोले अभिनय र विज्ञापन उत्पादनमा आफूलाई केन्द्रित गर्दै आएँ ।’ उनले आफूले यस क्षेत्रमा राम्रो आम्दानी गरिरहेको पनि बताए । भरतपुर महानगरपालिका–४ मा जन्मिएका भुवनले सनराइज स्कुलबाट एसएलसी उतीर्ण गरेपछि प्रेसिडेन्सी कलेजबाट १२ कक्षा पूरा गर्दै बोस्टन इन्टरनेशनल कलेजबाट बीबीए उतीर्ण गरेका हुन् ।अहिले उनी सोही कलेजमा एमबीए अन्तिम सेमेस्टरमा पढ्दै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>