समाचार

सर्वोत्तम स्टिल कम्पनीको भट्टी बिस्फोट, १२ श्रमिक घाइते

Banner

वीरगञ्ज,  भदौ १० –

वीरगञ्जको सर्वोत्तम स्टील कम्पनीको भट्टीमा बिस्फोट हुँदा १२ श्रमिक घाइते भएका छन् ।

घाइते हुनेमा अधिकांश भारतीय नागरिक रहेको र उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

त्यस्तै भएकाहरु मध्य भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रा पुकार यादव, बारा छातापिपरा बस्ने २२ वर्षीयहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनायो ।

घाइतेमध्ये भारत खुशीनगरका ३५ वर्षीय धिरु सहनी, ठेगाना नखुलेका २६ वर्षीय चिंकु दास, भारत युपी लखनउका १८ वर्षीय अमरनाथ सहनी, भारत बिहारका २१ वर्षीय दिपक कुमार र भारत दरभंगा बस्ने १८ वर्षीय रविंकु दासको अवस्था भने सामान्य छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>