Breaking News

माछामा आत्मनिर्भर चितवन, एक वर्षमा ३१३ मेट्रिक टन माछा निर्यात

Banner

चितवन, भदौ ९-

चितवन माछामा आत्मनिर्भर बन्दै गएको छ ।

देशभित्र पु¥याएर लाखौं माछाका भूरा र माछा निर्यात गर्न थालेकोले आत्मनिर्भर बन्दै गएको पाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार गत आर्थिक वर्ष जिल्लाबाट ३१३ मेट्रिक टन माछा निर्यात भएको छ । त्यस्तै ११ लाख ५२ हजार ९९० माछाका भूरा निर्यात भएको कार्यालयका प्रमुख डा.दयाराम चापागाईले बताए । उनका अनुसार उत्पादित माछा मध्ये राजधानीसहित देशका विभिन्न सहरमा पुगेको छ । चितवनमा माछा पालन तर्फ किसानहरु आकर्षित भएपछि उत्पादन बढ्दै गएको हो ।

चितवनमा वार्षिक चार हजार ५५३ मेक्ट्रिक टन माछा उत्पादन हुने गरेको छ । यहाँ एक हजार ५०० मत्स्य पोखरी रहेका छन् । त्यस्तै मत्स्य ह्याचरी १० र माछाको दाना उद्योग एक वटा रहेको छ । माछाको उत्पादन बढाउनका लागि प्रदेश सरकारले पनि अनुदानमा वृद्धि गरेको छ । गत वर्ष ४२ दशमलब ५ हेक्टरमा ३१ जना किसानसँग साझेदारमा काम गरेको थियो ।

चालु आर्थिक वर्षमा २३९ मेक्ट्रिक टन भन्दा बढी माछाको उत्पादन बढ्ने अनुमान गरिएको चापागाइँले बताए । चालु आर्थिक वर्षमा पनि माछामा मात्रै तीन करोडको अनुदान रहेको छ । यो वर्ष मत्स्य पोखरी क्षेत्र विस्तार कार्यक्रममा दुई करोड ५० लाख, पुरानो मत्स्य पोखरी मर्मत तथा संम्भारमा ३० लाख, मत्स्य पालनमा प्रयोग हुने यन्त्र तथा उपकरणमा ३० लाख रुपैयाँका अनुदानका कार्यक्रम रहेको छन् । जसले माछा पालन गर्न चाहने किसानलाई फाइदा पुग्ने उनले बताए ।

दुई करोड बढी कुखुराका चल्ला निर्यात

यस्तै चितवनबाट गत अर्थिक वर्ष दुई करोड पाँच लाख ५७ हजार ७६४ वटा कुखुराको चल्ला(ब्रोइलर) जिल्ला बाहिर निकासी भएका छन् । जसमा बोइलरका चल्ला एक करोड ९० लाख ५१ ह्जार ४९० र लेयर्स गिरीराजका चल्ला १५ लाख छ हजार २७४ वटा जिल्लाबाट निर्यात भएका छन् ।

चितवन कुखुरामा विगतदेखि नै आत्मनिर्भर रहेको छ । नेपालको उत्पादनको करिब ४० प्रतिशत चितवनमा नै उत्पादन हुने गरको छ । चितवनमा ह्याचरी १०५ वटा रहेका छन् । हाल चितवनमा एक करोड ४७ लाख ७३ हजार २२७ वटा कुखुराको चल्ला रहेको भेटेरिनरी अस्पतालको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष कुखुराको अण्डा १० लाख ९ हजार ५७९ पेटी जिल्ला बाहिर गएको छ । तयारी मासु (बफ, चिकन) दुई लाख ८० हजार केजी बिक्री भएको छ ।

गत वर्ष चितवनबाट टर्की, हाँस, भेडा च्याङग्रा समेत निर्यात भएको छ । भेटेरिनरी अस्पतालका अनुसार एक हजार २८० वटा टर्की, चार हजार २६१ वटा टर्कीका चल्ला, एक हजार १६० वटा हाँस र ३७३ वटा भेडा च्याङ्ग्रा जिल्ला बाहिर निकासी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>