स्वास्थ्य

भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि काठमाडौंमा लगाइने

Banner

काठमाडौं, भदौ ९ – काठमाडौंमा कोभिड–१९ विरुद्धको पहिलो डोज लगाएका नागरिकले भेरोसेलको  दोस्रो डोज भदौ ११ गतेदेखि  लगाउने भएका छन् ।

 भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाए पनि भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले बताए ।

खड्काका अनुसार भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने भएका छन् । त्यस्तै भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज  लगाएको कार्ड लिएर जानुपर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>